कैलालीमा प्रहरीको हत्या घटना : नौं जनालाई जन्मकैद

कैलाली । कैलालीमा गत वर्ष कार्तिक २ गते दुई जना प्रहरीको हत्या भएको घटनामा जिल्ला अदालत कैलालीले नौं जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजया सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरूको इजलासले ८ जनालाई जन्मकैदको फैसला सुनाएको हो भने एक जना आरोपीले सफाइ पाएका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १० का २३ वर्षीय पर्कु भनिने रोहित राना, अर्का रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना, वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना र अमर रानालाई जन्मकैदको फैसला सुनाइएको जिल्ला न्यायाधीश पनेरूले जानकारी दिनुभयो ।

राजिब गुप्ताले भने सफाई पाएका छन । कैलालीको जुगेडास्थित अस्थायी प्रहरी पोष्टका इञ्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा उनीहरुलाई दोषि ठहर गरिएको हो ।

नेपालबाट भारततर्फ सामान तस्करी गर्ने यो गिरोहलाई अवरोध गरेको निहुँमा उनीहरुले प्रहरीद्वयको हत्या गरेका थिए ।

Previous articleनेपाल फुटबल खेलाडीलाई नगदसहित सम्मान
Next articleराप्तीसोनारी गाउँपालिका वडा नं ७ बाल विवाह मुक्त वडा घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here