
बाँके । बाँकेको डुडुवा गाउँपालिकामा सञ्चालनमा रहेको स्मार्ट कृषि गाउँ कार्यक्रमलाई सहयोग हुनेगरी बिभिन्न कृषि सामाग्रीहरु बितरण गरिएको छ ।
प्रदेश ५ सरकारले संचालन गरेको कार्यक्रम अन्र्तगत डुडुवा वडा नं–३ मा स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयनमा रहेको छ ।
बिहीबार यस कार्यक्रममा सहभागि भएका कृषकहरुको कृषि उत्पादन बृद्धि तथा व्यवसथापन र कृषि कार्यको बढावा होस भनेर पम्पीसेट, घाँस काट्ने मेसिन र डि–फ्रिज बितरण गरिएको हो ।
बाँके निर्वाचन क्षेत्र नं.–२ का सांसद तथा पुर्व शहरी बिकासमन्त्री मो.इस्तियाक राई र प्रदेश सांसद एंव कृषि, वन तथा वातावरण समितिका सभापति बिजयबहादुर यादव, वडा नं–३ का वडाअध्यक्ष भण्डारीलाल यादव र ४ का वडाअध्यक्ष सगिर खाँले संयुक्त रुपमा किसानहरुलाई सो सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
बितरण गरिएको कृषि सामाग्रीहरुमा पम्पीसेट ३५ वटा, घाँस काट्ने मेसिन ४० वटा र डि–फ्रिज ५ वटा रहेका छन् ।
यहाँ सञ्चालन भएको स्मार्ट कृषि गाउँ कार्यक्रम अहिले दोस्रो वर्षमा छ । प्रदेश सरकार, स्थानीय तह र कृषकहरुको संयुक्त लगानीमा यो कार्यक्रम सञ्चालन हुने प्रवाधान छ ।






