
बाँके । भेरी अस्पताल नेपालगञ्जका एक कर्मचारी घुससहित पक्राउ परेका छन् ।
अस्पतालमा कार्यरत कर्मचारी अरुण कुमार खनाल बिहीबार घुस रकमसहित पक्राउ परेका हुन ।
उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
खरिद गरिएको सामानको कमिसनका रुपमा १६ लाख १३ हजार बढि रकमसहित उनलाई अख्तियारले पक्राउ गरेको जनाएको छ ।
खनाल अस्पतालमा कम्प्यूटर अपरेटरको रुपमा कार्यरत छन् ।





