स्रष्टा विष्णु कमाल र रवीना चौधरी सम्मानित

नेपालगञ्ज । मानव अधिकार तथा शान्ति समाजले बाँकेका अधिकारकर्मी, स्रष्टा विष्णु कमाल र कैलालीकी स्रष्टा रवीना चौधरीलाई सम्मान गरेको छ ।

समाजद्धारा यस वर्ष १५ जना स्रष्टालाई सम्मान अभियान अन्तर्गत सम्मान गरिदैछ । मानवअधिकार तथा शान्ती समाजद्धारा सोमबार नेपालगञ्जमा एक कार्यक्रम गरि पवित्रादेवी चौलागाईं मानव अधिकार स्रष्टा सम्मान कुमाल, श्रीनारायण दाहाल स्रष्टा सौगात चौधरीलाई प्रदान गरिएको हो ।

नेपालगञ्जका कुमालले साहीत्य सिर्जनामार्फत मानवअधिकार, शान्तिको पक्षमा वकालत गरेको र धनगढीकी चौधरीले थारु भाषाको उत्थानमा मद्यत पु¥याएको भन्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको सेरोफेरोलाई केन्द्रीत गरेर २० हजार रुपैयाँ राशीसहित स्रष्टाहरुलाइ सम्मान गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिव साहीत्यकार सनत रेग्मीले सम्मान पत्र प्रदान गर्दै मोफसलका स्रष्टालाई गरिएको यो सम्मानले अन्य स्रष्टालाई पनि मानवअधिकारको पक्षमा सिर्जना गर्न बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

समाजका वरिष्ठ उपाध्यक्ष सुशिल वस्नेतले सर्जकले मानवअधिकारका सवालमा आवाज उठाएकाले सिर्जनालाई सम्मान गरिएको बताउनु भयो ।

समाजका शाखा अध्यक्ष प्रभाकर भटराईको अध्यक्षतामा भएको कार्यक्रममा मध्यपश्चिम स्रष्टा समाजका अधयक्ष एवं पत्रकार महासंघ लुम्वीनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले सम्मानीत स्रष्टा द्धयको संक्षिप्त परिचय प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा समाजका केन्द्रीय सचिव निर्माल नेपाली, भेरी साहीत्य समाज अध्यक्ष हरि तिमिल्सेना, साहीत्यकार ऋचा लुइटेल, अवधी सांस्कृतिक प्रतिष्ठानका कोषाध्यक्ष जीनु हक, शिक्षक संघ नगर अध्यक्ष मनोज श्रीवास्तव, मधई सिंह सीख लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

Previous articleबाँकेको बैजनाथ-६ बाल विवाह मुक्त वडा घोषणा
Next articleबर्दियाको गोला र पाताभारमा निःशुल्क आँखा शिविर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here