बर्दियाको गोला र पाताभारमा निःशुल्क आँखा शिविर

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकामा निःशुल्क आँखा शिविर संचालन गरिएको छ ।

बृहत तथा निःशुल्क आँखा शिविर कार्यक्रम अन्तर्गत सोमबार गेरुवा गाउँपालिकाको स्वास्थ्य चौकी गोला र पाताभारमा निस्शुल्क आँखा शिविर सम्पन्न भएको हो ।

स्वास्थ्य चौकी गोलामा ११३ जनाको आँखा परीक्षण गरी निःशुल्क औषधि उपलब्ध गराइएको छ भने १० जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गर्न फत्तेबाल आँखा अस्पताल रिफर गरिएको छ ।

यसैगरी स्वास्थ्य चौकी पाताभारमा ७८ जनाको आँखा परीक्षण गरी निस्शुल्क औषधि उपलब्ध गराइएको छ भने १२ जनाको मोतिबिन्दुको निस्शुल्क शल्यक्रियाको लागि फत्तेबाल आँखा अस्पताल रिफर गरिएको छ ।

निःशुल्क आँखा जांच शिविर फत्तेबाल आँखा अस्पताल र Partners For Equity DAK Foundation को संयुक्त सहकार्यमा बर्दिया जिल्लामा सञ्चालन भई रहेको छ ।

विश्वव्यापी कोविड १९ संक्रमणको जोखिमको कारणले विगत २ वर्ष देखि सामुदायिक कार्यक्रम स्थगित रहेकोमा समुदायमा आँखाको समस्या बढी देखिन थालेपछि सम्बन्धित स्थानीय निकाय र स्वास्थ्य केन्द्रको समन्वयमा फत्तेबाल आँखा अस्पताल, फुल्टेक्रा, नेपालगन्जले बृहत आँखा शिविर कार्यक्रमको तर्जुमा गरी सञ्चालन गरेको हो ।

Previous articleस्रष्टा विष्णु कमाल र रवीना चौधरी सम्मानित
Next articleआजदेखि यमपञ्चक अर्थात् तिहार सुरु हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here