बाँकेमा दुई लाख बराबरको पटाका नष्ट

नेपालगन्ज । बाँकेमा प्रहरीले ठुलो मात्रामा पटाका नष्ट गरेकाे छ ।

भारतबाट अबैध रूपमा लुकाई छिपाई गरि नेपाल भित्र्याईकाे पटाका बरामद गरि नष्ट गरेकाे हाे ।

जिल्ला प्रहरी बाँके तथा मातहत प्रहरी ईकाईहरुले बिभिन्न मितिमा अबैधरूपमा बरामद करिब दुई लाख मूल्य बराबरको पटाकाहरु स्थानिय प्रतिनिधीहरु, पत्रकार लगायतको रोहबरमा नष्ट गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं डिएसपी मधुसूदन न्याैपानेकाे नेतृत्वमा प्रहरी कार्यालयकाे कम्पाउण्डमा नष्ट गरिएकाे छ ।

Previous articleआजदेखि यमपञ्चक अर्थात् तिहार सुरु हुँदै
Next articleतिहारकाे सामाग्रीले सज्याे सदरलाईन बजार (फाेटाेफिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here