तिहारकाे सामाग्रीले सज्याे सदरलाईन बजार (फाेटाेफिचर)

नेपालगन्ज । नेपालगन्जकाे मुख्य बजार मानिने सदरलाईन विभिन्न सामाग्रीले सजिएकाे छ ।

हिन्दुहरूकाे महान चाड दिपावली (तिहार) मा गरिने किनमेलका लागि नेपालगन्जकाे मुख्य बजार सदरलाईन त्रिभुवन चाेक क्षेत्र विभिन्न बस्तुहरूले सजिएकाे हाे ।

सदरलाईनमा प्रत्येक पर्वमा व्यवसायीहरूले विभिन्न प्रकारकाे बस्तुहरू बिक्रीका लागि राख्ने गरेका हुन ।

यहाँ लाग्ने बजारमा पर्वमा आवश्यक पर्ने सबै सामाग्री (पुजापाठका लागि आवश्यक पर्नेदेखि बच्चाबच्चीका लागि चाहिने खेलाैना ) हरू पाउन सकिन्छ ।

यहाँ लाग्ने बजारले नै नेपालगन्जकाे मुख्य बजारकाे रूपमा त्रिभुवन चाेक नै रहेकाे पनि यहाँ आउने आगन्तुक व्यक्तिहरूलाई संकेत गर्ने गर्छ । हुनत: बाँके तथा नेपालगन्जकाे पुरानाे बजार पनि यही हाे ।

प्रत्येक चाडपर्वमा यहाँ लाग्ने बजारमा नेपालगन्जकाे विभिन्न क्षेत्रका व्यक्तिहरू पसल राख्ने गरेका छन् । बाटाेमा बजार लाग्नु नै याे बजारकाे बिशेषता हाे ।

Previous articleबाँकेमा दुई लाख बराबरको पटाका नष्ट
Next articleनेपालले भारतमा पठाउन थाल्यो बिजुली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here