ज्यान मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

बाँके । जिल्लामा ज्यान मार्ने उद्योगका दुई प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खजुरा गाउँपालिका वडा न–७ गुनाना बस्ने १९ वर्षीय समिर भाट र २९ वर्षीय कलिम भाट पक्राउ परेका हुन ।

उनीहरु गाउँमै घुमफिर गरिरहेको अवस्थामा पक्राउ परेका छन् । प्रहरीको टोलीले उनीहरुलाई बिहीबार बिहान पक्राउ गरेको जनाएको छ ।

गत बैशाख ९ गते पिपिसी इट्टा भट्टा उद्योगबाट फरार रहेको पाँच जना प्रतिबादीमध्ये तीन अझै फरार छन् ।

पक्राउ परेका उनीहरुको बाँके जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुवास खड्काले जानकारी दिनुभयो ।

Previous articleभेरी अस्पतालका कर्मचारी १६ लाख घुससहित पक्राउ
Next articleपानी उद्योगलाई दुई लाख जरिवाना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here