नेपालले भारतमा पठाउन थाल्यो बिजुली

काठमाण्डौं । नेपालले भारतमा विद्युत निर्यात सुरू गरेको छ । पहिलो चरणमा ३९ मेगावाट विद्युत निर्यात गरिएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार बुधबार १२ बजे रातिदेखि ढल्केबर (मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट विद्युत् निर्यात सुरू गरिएको हो ।

‘हामी विस्तारै निर्यात बढाउँदै लैजान्छौं । क्रमशः ४५६ मेगावाटको माथिल्लो तामाकोशी, ६९ मेगावाटको मस्र्याङ्दी तथा ४५ मेगावाटको माथिल्लो भोटेकोसी विद्युत गृहबाट पनि भारतीय बजारमा बिजुली पठाउने तयारी गरेका छौं,’ उहाँले भन्नुभयो ।

नेपालले भर्खरै भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् व्यापारका लागि अनुमति पाइसकेको छ । भारतीय बजारमा विद्युत निर्यात सुरु भएपछि नेपालमा जलविद्युत विकासमा फड्को मार्ने प्राधिरणको विश्वास छ।

अब प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म एक्सचेन्ज बजारमा विद्युत् बिक्री हुनेछ । विद्युतको प्रतियुनिट बिक्री दर मार्केट क्लियरिङ प्राइसका आधारमा तय हुने प्राधिकरणको भनाई छ ।

दिनमा २४ घण्टा विद्युत् निर्यात हुनेछ । एक्सचेन्ज बजारको कारोबार एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभीएन) ले गर्नेछ ।

Previous articleतिहारकाे सामाग्रीले सज्याे सदरलाईन बजार (फाेटाेफिचर)
Next articleचीनद्धारा नेपाललाई थप १६ लाख डोज कोरोना खोप प्राप्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here