अटोरिक्सामा लुकाएर ल्याउँदै गरेको १३५ पिस विन चिटर बरामद

नेपालगञ्ज । भारतबाट अवैधरुपमा भन्सार छलिको विनचिटर र आटो रिक्सा प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, भन्सार कार्यालय, सशस्त्र प्रहरीको संयुक्त टोलीले जमुनाह नाका नजिकैबाट १३५ पीस विनचिटर र आटो रिक्सा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाले जानकारी दिनुभयो ।

एउटा वीनचिटरको मूल्य करिव १ हजार रुपैयाँ पर्ने प्रहरीको भनाइ छ । यो हिसावले हेर्दा १ लाख ३५ हजार मूल्य बराबरको वीनचिटर बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक बुढाको भनाइ छ ।

भे १ स ९२९२ नम्वरको अटो रिक्साको हुडभित्र लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा बरामद भएको हो ।

भन्सार कार्यालय प्रमुख जयबहादुर भण्डारी, सशस्त्र प्रहरी निरीक्षक बुढा र नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक लिलबहादुर बिकको टोलीले भारतबाट भित्र्याउने क्रममा सो वीनचिटर बुधवार राती साढे ८ बजे बरामद गरेको जनाएको छ ।

चेकजाँच गर्ने क्रममा आटो रिक्सा चालक फरार भएका थिए । थप अनुसन्धान भइरहेको छ ।

Previous articleचीनद्धारा नेपाललाई थप १६ लाख डोज कोरोना खोप प्राप्त
Next articleराप्ती नदिस्थित स्नान घाटमा महादीपोत्सव (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here