
नेपालगञ्ज । नेपालगञ्जको घरवारीटोलस्थित एक जुत्ता पसलमा आगलागी भएको छ । तिहारको दोस्रो दिन अर्थात शुक्रबार साँझ नेपालगञ्ज वडा नं २ घरवारीटोलमा रहेको हिमानी शु सेन्टरमा आगलागी भएको हो ।
वडा प्रहरी कार्यालयका अनुसार सो पसलमा शुक्रबार साँझ ६ बजे आगलागी भएको छ । बिद्युत सर्ट सर्किट भएर आगलागी भएको अनुमान गरिएको छ ।
आगलागी पश्चात नेपालगञ्ज उपमहानगरपालिकाको बरुण यन्त्र (दमकल) तथा प्रहरी र स्थानीयको सहयोगमा करिब एक घण्टामा आगलागी नियन्त्रणमा लिइएको थियो ।
पसलकी संचालक गीता घिमिरेले करिब एक लाख बराबरको क्षति भएको बताउनुभयो । यस्तै लक्ष्मी पुजाको दिन समेत नेपालगञ्जको धम्बोझीमा आगलागी भएको थियो ।
लक्ष्मी पुजाका दिन नेपालगञ्ज-१ धम्बोझीमा रहेको शिव मन्दिरस्थित चन्दा काँदुको १ तले पक्की घरमा आगो लाग्दा एक लाख नगद र पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
काँदुको घरमा कोठा भाडामा बस्ने आदित्य बर्नवालले लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगो सल्किँदा आगलागी भएको हो ।





