
नेपालगञ्ज । नेपालका लागि नेपाली पार्टी र बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संयुक्त रुपमा अघि बढ्ने सहमति गरेका छन् ।
नेपालका लागि नेपाली पार्टी बाँके र नेपाल कम्युनिष्ट पार्टी (बिप्लव) बाँकेबीच कोहलपुरमा संयुक्तरुपमा बैठक बसि संगै अघि बढ्ने सहमति गरेका हुन ।
बैठकमा दुबै पार्टीको साझा मुद्दा एउटै रहेकाले एजेण्डामा एकता गर्दै हिड्ने सहमति गर्ने निर्णय गरेको जनाइएको छ ।
यस्तै बैठकले हिन्दुहरुको दोस्रो ठुलो पर्व शुभ दिपावली (तिहार) को अवसरमा शुभकामना आदान प्रदान गरेका छन् भने यस पर्वको अवसरमा सम्पूर्ण नेपाली जनमा शुख शान्ति, समृद्धि एवं उत्तरोउत्तर प्रगतिको मंगलमय कामना व्यक्त गरेका छन् ।
बैठकमा नेपालका लागि नेपाली पार्टीको तर्फबाट केन्द्रीय सदस्य एवं बाँके संयोजक सुदिप भट्टराई, बाँके अध्यक्ष अमरदिप राई, सचिव कृष्ण बहादुर श्रेष्ठ, सहचिव पारसजंग कुँवर सल्लाहकार जपजंग शाह, भोलानाथ आचार्य, सन्तसमाजबाट गोपाल गिरी, नेकपा (बिप्लव) बाँके बर्दिया इन्चार्ज दिपक चलाउने, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा बाँके बर्दिया इन्चार्ज डिबी शाही, बाँके सचिव अनिल क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।





