
दाङ । डिभिजन वन कार्यालय घोराही दाङले ६० थान सालको चिरान काठ बरामद गरेको छ ।
बबई गाउँपालिका ५ बबरपुरबाट काटेर राखेको ६० थान चिरान सालको काठ बरामद गरिएको वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिनुभएको छ ।
ती काठ २५ दशमलव २ क्विफिट रहेको वन कार्यालयका सहायक वन अधिकृत चौधरीको भनाइ छ ।
बबई ५ कै कप्रेल गाउँको वनमा एउटा रुख काटिएको भन्ने सूचनाका आधारमा खोजी गर्दा ती काठ बरामद भएको कार्यालयले जनाएको छ ।
सबै प्रमाण फेला नपरेको र काठ काट्ने तथा निकासी गर्ने व्यक्तिको बारेमा अनुसन्धान सुरु गरिएको सहायक वन अधिकृत चौधरीले जानकारी दिनुभयो ।





