एक भारतीयसहित नेपालगञ्जको महापुर्वा गाउँबाट ४८ जना जुवाडे पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले ४८ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं १३ को महापुर्वा गाउँबाट दुई/तीन खाल बनाएर जुवा खेलिरहेका ४८ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

शनिबार बिहान चार बजे उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एव डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनीहरुको साथबाट चार लाख ६६ हजार रुपैयाँ बरामद भएको छ । तिहारमा प्रहरीले कोहलपुर, नेपालगञ्ज, खजुराबाट जुवाडे पक्राउ गरेको छ ।

Previous articleमधेशी समुदायमा ‘भैयादुज’ पर्व मनाइँदै
Next articleसामान्य विवादमा लाठी प्रहार गरि श्रीमतीको हत्या

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here