सामान्य विवादमा लाठी प्रहार गरि श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानले लाठी प्रहार गरि श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको गढवा गाउँपालिका वडा नं.६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुरेश काफ्लेले बताउनुभयो ।

मदिरा सेवन गरेका थापाले सामान्य विवादको क्रममा श्रीमती सुनितालाई लाठीले टाउको, घाँटीलगायतमा आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक राजकुमार भट्टले घरमा श्रीमान श्रीमती मात्रै रहेको समयमा उनीहरूबीच विवाद भएको र त्यही क्रममा श्रीमानले लाठी प्रहार गरि श्रीमतीको हत्या गरेको भन्ने खुल्न आएको बताउनुभयो ।

प्रहरीका अनुसार उनीहरूका दुई छोरामध्ये एउटा छोरा तिहार मनाउन गएको र अर्को छोरा गाउँमा साथीको घरमा गएकाले घरमा श्रीमान श्रीमती मात्रै थिए ।

हत्या आरोपित थापा फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Previous articleएक भारतीयसहित नेपालगञ्जको महापुर्वा गाउँबाट ४८ जना जुवाडे पक्राउ
Next articleबाँकेका पूर्व जिबिस सभापति राणाकाे निधन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here