
बाँके । बाँकेमा रहेको मध्यपश्चिम पानी उद्योगले गुणस्तरहीन पानी उत्पादन तथा बिक्री गरेको भेटिएपछि उद्योगलाई कारवाही गरिएको छ ।
जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा रहेको उद्योगले उपभोक्ताको स्वास्स्थयसंग खेलवाड गरिरहेकाले कारबाही स्वरुप २ लाख जरिवाना गरिएको हो ।
उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुरमा सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम २ लाख रुरुपैया जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईले जानकारी दिनुभयो ।





