
बाँके । खजुरा गाउँपालिकामा मुख्यमन्त्री ग्रमीण विकास कार्यक्रम अन्तर्गत सिमान्तकृत, दलित, अपाङ्गता भएका र पछाडि परेका महिलालाई लक्षित गरी स्वरोजगारको व्यवस्थापन कार्यक्रम शुरु भएको छ ।
प्रत्यक्ष रोजगारी दिने उद्देश्यले शुक्रवारदेखि शुरु भएको झोला उत्पादन रोजगारलाई प्रदेश सांसद आइपी खरेल र बाबुराम गौतमले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
कार्यक्रम अन्तर्गत पहिलो चरणमा ३० जना महिलालाई अवसर दिइएको गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिनुभयो ।





