यात्रुवाहक बस दुर्घटना, सात जनाको मृत्यु

File Photo

सल्यान । सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको हो ।

सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आइतबार बिहान भएको दुर्घटनामा परी सात जनाको मृत्यु भएको पुष्टि गर्नुभयो । बसमा ३० जना यात्रु रहेको बताइएको छ ।

सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो । बस सडकबाट २ सय मिटर तल खसेको छ।

Previous articleन्युजिल्यान्डमा इच्छा मृत्यु रोज्न पाउने कानून लागु
Next articleडुडुवामा कन्या मुद्दती खाता : छोरीको पढाइ र विवाहको चिन्ता हट्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here