लागू औषध मुद्दामा फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । जिल्ला बाँके खजुरा गाउँपालिका वडा नं ३ का २३ वर्षीय शिशिर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

लागू औषध मुद्दामा बाँके जिल्ला अदालतले २०७५ पुष २३ गतेको फैसलाले ४ वर्ष १० महिना १४ दिन कैद सजाय र पाँच हजार जरिवाना तोकेकोमा श्रेष्ठ हालसम्म फरार थिए ।

उनलाई ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले कार्तिक २१ आइतबार पक्राउ गरि जिल्ला अदालतमा बुझाईएको बाँके प्रहरीले जनाएको छ ।

Previous articleनेपालगञ्जबाट भन्सार छलिको कपडा, सुर्ति लगायका सामान बरामद
Next articleडुडुवा गाउँपालिका वडा नं.५ बालविवाह मुक्त घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here