नेपालगञ्जबाट भन्सार छलिको कपडा, सुर्ति लगायका सामान बरामद

नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं १० बाट भन्सार छलिको सामानहरु बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको लत्ता कपडा, सुर्ती, सुपारी लगायतका विभिन्न सामानहरु कार्तिक १९ गते बरामद गरेको हो ।

करिब एक लाख चौरासी हजार रुपैया बराबर रहेको उक्त सामानहरु भन्सार कार्यालय नेपालगंज बाँकेमा पठइएको बाँके प्रहरीले जनाएको छ ।

Previous articleहवलदापुरमा कारको ठक्करबाट एक युवकको मृत्यु
Next articleलागू औषध मुद्दामा फरार प्रतिवादी पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here