
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले कोरोनाले प्रभावित भएका अतिबिपन्न परिवारलाई दश हजार राहत बितरण गर्ने भएको छ ।
गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै कोभिड १९ को महामारीबाट प्रभावित भएका अतिबिपन्न परिवारलाई नगद रु दश हजार हस्तान्तरण गर्ने जनाएको हो ।
यसरी गाउँपालिकामा कोरोना महामारीका कारण आयआर्जनको अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रमा रहेका अतिबिपन्न गरिव ८९२ घरपरिवारलाई प्रति परिवार दश हजार बितरण गर्न लागेको सूचनामा उल्लेख छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाद्धारा जारी सूचनामा कोभिड १९ को महामारबिाट प्रभावित अतिबिभिन्न परिवारलाई नगद हस्तान्तरण कार्यबिधि २०७८ अनुसार उक्त रकम राहत स्वरुप बितरण गर्न लागिएको लेखिएको छ ।
राहतका लागि प्रभावित परिवारले सम्बन्धित वडा कार्यालयमै मंसिर ९ गतेभित्र सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।





