
खजुरा । बाँकेको खजुरा गाउँपालिकास्थित खजुरा बजरामा रहेका किराना पसलको अनुगमन गरिएको छ ।
संयुक्त बजार अनुगमन टोलीले सोमबार खजुरा बजारको अनुगमन गरेको हो । अनुगमनका क्रममा सामानको खरिद बिल नदेखाउने पसललाई जरिवाना गरिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईका अनुसार अनुगमनका क्रममा सामान खरिद गरेको बिल नदेखाउने एउटा पसललाई पाँच हजार जरिवाना गरिएको जानकारी दिनभुयो ।
यस्तै अनुगमन टोलीले अनुगमनकै क्रममा म्याद समाप्त भएको एवं खान अयोग्य विभिन्न खाद्य सामग्रीहरु समेत नष्ट गरेको जनाएको छ ।





