बर्दियाका एक सञ्चारकर्मीमा कोरोना पुष्टि

बर्दिया । जिल्लाको ५५ वर्षीय एक संचारकर्मीसहित २ जनामा कोरोना पुष्टि भएको छ ।

भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा गुलरिया नगरपालिकाकाका २ जनामा कोरोना संक्रमण देखिएको हो ।

क्वारेन्टिनमा नबसेका एक जना ५५ बर्षिय सञ्चारकर्मी र क्वारेन्टिमा बस्दै आएका १९ बर्षिय एक पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कृष्ण गोपाल चौधरीले जानकारी दिनुभयो ।

जिल्लामा कोरोना संक्रमितको संख्या २ सय २६ पुगेको छ भने निको भएर १ सय ९६ जना घर फर्केका छन् । आइशोलेशनमा अब ३० मात्र बचेका छन् ।

Previous articleसमृद्ध खजुराको तेस्रो संस्करण बिमोचित
Next articleनेपालगञ्जका थप दुई जनामा कोरोना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here