नेपालगञ्जका थप दुई जनामा कोरोना पुष्टि

बाँके । बाँकेमा शनिबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा नेपालगञ्ज वडा नं–११ का ३९ वर्षीय पुरुष र वडा न–१२ की एक १९ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

योसंगै पछिल्लो २४ घण्टायता भेरीमा भएको स्वाब नमूना परीक्षणबाट बर्दिया राजापुर वडा नं–८ का ५ जना, ठाकुरबाबा नगरपालिकाका वडा नं–६ का एक जना र जुम्ला गोटेचौर वडा नं–२ का एक जना गरी ९ जना कोरोना संक्रमण रहेको पत्ता लागेको छ ।

Previous articleबर्दियाका एक सञ्चारकर्मीमा कोरोना पुष्टि
Next articleनेपालगञ्जमा कर अधिकृतलाई कोरोना पुष्टि, कार्यालय बन्द

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here