कांग्रेस महाधिवेशन : बाँकेका गाउँ र नगरमा उम्मेदवारी मनोनयन दर्ता

नेपालगन्ज उपमहानगरपालिका सभापति पदमा तीन जना, दुई जनाको उप–सभापति पदमा ६ जना, २ सचिव पदमा ५ जना र २ सह(सचिव पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको मतदान अधिकृत सुभास गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार सदस्य पदमा ५९ जनाको उम्मेदवारी दर्ता भएको छ । सभापतिसहित पदाधिकारी पदमा निर्वाचन भएपनि सदस्यमा सर्वसम्मत हुने उहाँले बताउनु भयो । नेपालगन्जस्थित जिल्ला समन्वय समितिको सभा हलमा बिहीबार बिहान ९ः३० बजेदेखी ३ बजेसम्म मतदान सम्पन्न हुनेछ ।

यस्तै कोहलपुर नगर सभापति पदमा २ जना, उप–सभापतिमा ४ जना, सचिवमा ४ र सह–सचिव पदका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको छ । बाँकी सबै सदस्य पदमा पनि उम्मेदवारी परेको मतदान अधिकृत प्रभाकर भट्टराईले जानकारी दिनुभयो । मतदान बिहीबार बिहान निर्धारित समयमै सुरु हुने उहाँले बताउनु भयो ।

राप्ती सोनारी गाउँपालिका सभापति पदका लागि २ जनाको उम्मेदवारी दर्ता भएको छ । उपसभापति पदमा ४ जना, सचिवमा ४ र सहसचिवमा ४ जनाको उम्मेदवारी दर्ता भएको मतदान अधिकृत प्रेमप्रसाद शर्माले जानकारी दिनुभयो । खुल्ला सदस्य १८९पुरुष०का लागि २८ जना, ९ जना ९महिला० सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको उहाँले बताउनु भयो ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर बिहीबार९भोली०का लागि मतदानको तयारी गरिएको मतदान अधिकृत शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ९ बजेबाट मतदान सुरु हुनेछ ।

बैजनाथ गाउँपालिकामा सभापति पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । उपसभापतिमा ४, सचिवमा ४ र सहसचिवमा ४ जनाको उम्मेदवारी दर्ता भएको मतदान अधिकृत गणेशप्रसाद थारुले जानकारी दिनुभयो ।

डुडुवा गाउँपालिकामा सभापतिसहित सबै पदमा एक÷एक जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ताका क्रममा केही प्राविधिक त्रुटी भएका कारण कार्यसमिति पदाधिकारीलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्न बाँकी रहेको मतदान अधिकृत हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

डुडुवामा निर्विरोध जस्तै भएको र केही प्राविधिक कुरा मिलाएर बिहीबार घोषणा हुने उहाँले बताउनु भयो । डुडुवा गाउँपालिका सभापतिमा विजयकुमार यादवसहित सबै पदमा एक÷एक जनाको उम्मेदवारी दर्ता भएको छ ।

नरैनापुर गाउँपालिकामा निर्विरोध कार्यसमिति पदाधिकारी निर्वाचित भएको छ । मतदान अधिकृत गोपाल गिरीका अनुसार नरैनापुर गाउँपालिका सभापतिमा मेराज अहमद खाँ, उपसभापति नितेशसिंह मौर्या र रामबिलाश मौर्य, सचिवमा धर्मेन्द्र यादव र रामचन्द्र यादव, सह–सचिव जगदिशप्रसाद कलवार र मन्नान अहमद अन्सारीसहित ३७ जनाको कार्यसमिति निर्विरोध निर्वाचित भएको गिरीले जानकारी दिनुभयो ।

खजुरा गाउँपालिकामा पनि सभापति सहित कार्यसमिति पदाधिकारी निर्विरोध भएको छ । खजुरा गाउँपालिका सभापतिमा रमेश सिजाली, उपसभापतिमा इरफान अहमद खाँ र भिमबहादुर सुनार, सचिवमा अर्जुनकुमार प्याकुरेल र रामजीप्रसाद पौडेल तथा सहसचिवमा मोहम्मद वकिल खाँ र सरिफ खाँ निर्विरोध निर्वाचित भएको मतदान अधिकृत महारुप जैसीले जानकारी दिनुभयो ।
उक्त गाउँपालिकाको ४४ सदस्यीय कार्यसमिति पदाधिकारी निर्वाचित भएको उहाँले बताउनु भयो । खजुराबाट प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधी९अपांग०मा गणेशबहादुर बोहरा क्षेत्री निर्विरोध निर्वाचित हुनु भएको छ ।

जानकी गाउँपालिकामा उपसभापति पद बाहेक अन्य सबैमा निर्विरोध कार्यसमिति पदाधिकारी निर्वाचित भएको छ । मतदान अधिकृत पवन गुप्ताका अनुसार २ जना उपसभापति पदमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

सभापति पदमा दयाराम यादव (अहिर), सचिवमा कुलराज जोशी र टिकानाथ यादव तथा सहसचिवमा रत्नबहादुर थापाक्षेत्री र हमिद अलि हल्वाई निर्विरोध निर्वाचित हुनु भएको छ । उक्त पालिकामा १८ जना खुल्ला सदस्य र समावेशीबाट ८ जना सदस्य पनि निर्वाचित भएको मतदान अधिकृत गुप्ताले बताउनु भयो ।

Previous articleकरोडौ मूल्यका गरगहनासहित दुई जना पक्राउ
Next articleएमालेलाई कमजोर पार्न विभिन्न भ्रम फिजाइयो : ओली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here