एमालेलाई कमजोर पार्न विभिन्न भ्रम फिजाइयो : ओली

एमाले बाँकेले बुधवार नेपालगञ्जमा आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई कमजोर पार्ने उद्देश्यले विभिन्न भ्रम फिजाउने काम भएको भन्दै त्यस्ता भ्रम फिजाउने कार्य समाप्त भएको बताउनुभयो ।

एमाले राष्ट्रिय हित र राष्ट्र निर्माणको सवालमा कसैसँग सम्झौता नगरिने भन्दै उनले तराइको विकासमा एमालेले उल्लेखिय भूमिका निर्वाह गरेको दावी गर्नुभयो ।

कार्यक्रममा स्वतन्त्र राजनीतिक समुहका नेता पशुपति दयाल मिश्रलगायत ४ हजार भन्दा बढी पार्टीमा प्रवेश गरेको एमाले बाँकेका अध्यक्ष निरक गुरुङले बताउनुभयो ।

अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोख्रेल, एमाले बाँकेका उपाध्यक्ष किष्मतकुमार कक्षपति, प्रवेशीहरु मिश्र, अब्दुल करिम खाँलगायतले सम्वोधन गर्नुभएको थियो ।

Previous articleकांग्रेस महाधिवेशन : बाँकेका गाउँ र नगरमा उम्मेदवारी मनोनयन दर्ता
Next articleडुडुवामा क्याम्पस संचालनको तयारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here