
बाँके । नेपालगञ्जमा रहेको आन्तरिक राजश्व कार्यालयका कर अधिकृतलाई कोरोना भाइरसको संक्रमण देखिएपछि एक दिनका लागि कार्यालय बन्द गरेको छ ।
कोरोनाको संक्रमण फैलिएको हुनसक्ने आशंकामा कार्यालयका सबै कर्मचारी क्वारेन्टिनमा छन्, एक दिनका लागि सबै सेवा समेत बन्द गरिएको हो ।
क्वारेन्टिनमा बसेकाहरुको पिसिआर परीक्षण गरिने तयारी समेत गरिएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा शनिवार भएको स्वाब नमूना परीक्षणबाट एक जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।





