माघ १२ मा राष्ट्रिय सभा चुनाव हुने

काठमाडौं । सरकारले माघ १२ गतेका लागि राष्ट्रिय सभा चुनाव गर्ने मिति तय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

राष्ट्रिय सभामा २० सदस्यको पदावधि सकिँदैछ। फागुन २० मा उनीहरूको पदावधि सकिने भएको हो । पदावधि सकिनुअघि नै ती पदमा चुनाव गरिसक्नुपर्ने हुन्छ ।

२० सदस्यमध्ये १ जना राष्ट्रपतिबाट मनोनित हो । १९ पदका लागि माघ १२ मा चुनाव गर्ने मन्त्रिपरिषदले निर्णय गरेको हो । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि मिति तय गर्न सरकारसँग आग्रह गरेको थियो ।

राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै उक्त पदका लागि निर्वाचन गर्ने व्यवस्था छ । सत्तारूढ गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनमा तालमेल गरेर जाने तयारी गरेका छन् ।

Previous articleकोरोना बिरुद्धको खोपको महत्वबारे शन्देश प्रवाह गर्न घरदैलो
Next articleगुरु नानक जयन्ती मनाइँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here