बाँके क्षेत्र नं २ प्रदेश (क) मा ५ जना निर्विरोध, ज्ञानेन्द्र भर्सेज शिवकुमारबीच प्रतिस्पर्धा

नेपालगञ्ज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्र नं २ प्रदेश (क)मा प्रदेश प्रतिनिधिका पाँच उम्मेदवार निर्विरोध निर्वाचित भएका छ ।

बाँके क्षेत्र नं २ प्रदेश (क) को शनिबार रहेको मनोनयन दर्ता समायवधीमा अरु कसैको उम्मेदवारी नपरेपछि पाँच जना प्रदेश प्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन ।

क्षेत्र नं २ प्रदेश सभा (क) निर्वाचन अधिकृत शुरेस प्रसाद परसैलाका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं २१ का राजकुमार शाहू (तेली) मधेशी, डुडुवा गाउँपालिका वडा नं ४ का शब्बो बेगम (मधेशी महिला), डुडुवा गाउँपालिका वडा नं ४ का हलिम खाँ (मुस्लिम), नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ का कृष्ण कुमार सापकोटा (चौधरी) (थारु) र डुडुवा गाउँपालिका वडा नं २ का दुधई केवट (अपाङ्ग) तर्फ निर्विरोध हुनुभएको छ ।

क्षेत्र नं २ कै प्रदेश (क) सभापतिमा भने डुडुवा गाउँपालिका वडा नं २ का ज्ञानेन्द्र कुमार चौधरी र नेपालगञ्ज उपमहानगरपालिका वडा नं २२ का शिव कुमार बर्माबीच प्रतिस्पर्धा हुने भएको छ ।

Previous articleसिकाई परियोजना : उत्कृष्ठतातर्फ उन्मुख खजुराका शैक्षिक संस्थाहरु
Next articleबाँकेको खैरी खोलास्थित जंगलमा सकेट बम फेला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here