कल्पना पौडेल “जिज्ञासु” को ‘बिद्रोहका तरङ्ग’ कृतिको समिक्षा

खजुरा । कृतिकार कल्पना पौडेल “जिज्ञासु” को बिद्रोहका तरङ्ग कृतिको समिक्षा आईतवार खजुरामा गरिएको छ ।

साहित्यकार कल्पना पौडेल “जिज्ञासु” द्धारा लेखिएको कल्पना फाउण्डेसन नेपालद्धारा प्रकाशित कृति मुक्तक संग्रह बिद्रोहका तरङ्गको बारेमा समिक्षा गरिएको हाे ।

कार्यक्रमको प्रमुख अतिथि खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले साहित्यले राष्ट्रको गरिमा बढाउने कार्य गर्ने भएकोले गाउँपालिकाले पनि साहित्य कला संस्कृतिमा जोड दिएको बताउनुभयो ।

भेरी साहित्य समाज केन्द्रिय समितिका समालोचना विभाग प्रमुख लेक प्रसाद प्याकुरेल, सदस्य ईश्वरी प्रसाद रिजाल र सदस्य चरित्रा शाहले कृतिमाथि समिक्षा गर्नुभएको थियो ।

तिनै जना समालोचकले कृतिमा प्रेम, विछोड र विद्रोहको कुरालाई अत्यन्तै सान्दर्भिक तरिकाले उजागर गरिएको विषय मािथ प्रकाश पार्नुभयाे ।

कार्यक्रममा विशिष्ठ अतिथिहरुमा लेखक तथा साहित्यकार जित बहादुर शाह, खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकको उपस्थिती रहेको थियो ।

साथै साहित्यकारहरु शशिराम कार्की, पंकज कुमार श्रेष्ठ, रामचन्द्र आचार्य मणि अर्याल, कल्पना खरेल साथै शिक्षाविदहरु भक्त बहादुर केसी, पूर्ण बहादुर भण्डारी, किरण आचार्य साथै अन्य साहित्यकारहरुको पनि सहभागिता रहेको थियो ।

पुरुषोक्तम अर्याल लगायतले रचना बाचन गरेका थिए । साथै गायक महेन्द्र सेढाईले समधुर गीत प्रस्तुत गर्नुभयाे ।

कार्यक्रममा स्वागत मन्तब्य कल्पना फाउण्डेसन नेपालका संरक्षक ऋषिराम सापकोटाले राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण बोधराज प्याकुरेलले गर्नु भएको थियो ।

सोही अवशरमा तीन जना विद्यार्थीहरु नेहा गुरुङ, समीर चौधरी र आशिक केसीलाई छात्रवृति पनि वितरण गरिएको थियो ।

Previous articleक्षेत्र नम्बर १ (क) मा लक्ष्मण र क्षेत्र नम्बर २ (ख) मा जितेन्द्र निर्वाचित
Next articleखेलकुद मन्त्री अथक गृहजिल्लामा ब्यस्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here