खेलकुद मन्त्री अथक गृहजिल्लामा ब्यस्त

नेपालगन्ज । तीन दिने भ्रमणका क्रममा गृहजिल्ला पुग्नुभएका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथक आज काठमाण्डौं फर्किदैं हुनुहुन्छ ।

राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यासका लागि बाँके पुग्नुभएका मन्त्री अथक विभिन्न कार्यक्रममा ब्यस्त हुनुभयो । मंसिर ३ गते बेलुका नेपालगन्ज पुग्नुभएका मन्त्री अथक ४ गते बिहान नेपालगन्ज म्याराथनमा सहभागी हुनुभएको थियो ।

प्रमुख अतिथिका रुपमा म्याराथनको उद्घाटन गरेपछि मन्त्री अथक केही दुरीसम्म प्रतिस्प्रधिहरुसँगै दौडनुभएको थियो । तीन दिने जिल्ला भ्रमणमा क्रममा मन्त्री अथकले आईतबार महिला क्रिकेट एकेडेमीको शिलान्यास गर्नुभयो ।

मन्त्री नियुक्त भएलगत्तै अथकले कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकेडेमी निर्माण गर्ने निर्णय गर्नुभएको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्ने क्रममा बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री अथकले महिला क्रिकेट एकेडेमीको शिलान्यास गर्नुभएको हो ।१ अर्ब २२ करोड लागत अनुमान गरीएको उक्त एकेडेमीलाई रात्रिकालिन खेल संचालन गर्न सकिने तथा आवाशिय सुविधा सहित अन्तराष्ट्रिय स्तरमा निर्माण गरीने मन्त्री अथकले जानकारी दिनुभयो ।

आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त एकेडेमीको पुर्वाधार निर्माणको काम तत्काल अगाडी बढाउन अथकले निर्देशन समेत दिनुभयो ।

यसैबिच आफ्नो निर्वाचन क्षेत्रमा भएका बिभिन्न गतिविधिको अनुगमनका लागि राप्तीपारी तथा नरैनापुर पुग्नुभएका मन्त्री अथकलाई स्थानियहरुले भब्य स्वागत गरेका थिए ।

जिल्लाको तीन दिने बसाईका क्रममा मन्त्री अथकले बिभिन्न खेल संरचनाहरुको अनुगमन गर्नुका साथै राजनितिक कार्यक्रमहरुमा समेत सहभागीता जनाउनुभएको छ ।

उहाँ आज बेलुका काठमाण्डौं फर्कने कार्यक्रम रहेको मन्त्रीको सचिवालयले जनाएको छ ।

Previous articleकल्पना पौडेल “जिज्ञासु” को ‘बिद्रोहका तरङ्ग’ कृतिको समिक्षा
Next articleकोभिडको खोप बारे जानकारी प्रदान गर्न युवा क्लब संजालसंग सहकार्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here