
नेपालगञ्ज । कोभिड–१९ बिरुद्धको खोप बारे सर्वसाधारणलाई सहज रुपमा जानकारी प्रदान गर्न युवाहरुसंग सहकार्य गरिएको छ ।
नपालगञ्जमा संचालित जोखिम संचार तथा समुदाय सहभागिता परियोजनाले कोभिड–१९ बिरुद्धको खोप लगाउन समुदायस्तरका सबैजनालाई जागरुक र जानकार बनाउन युवाहरुको छाता संगठन जिल्ला युवा क्लब संजाल बाँकेसंग समन्वय सहकार्य गरेको हो ।
गत अक्टोबर–२०२१ देखि सेभ द चिल्ड्रेनसंगको साझेदारीमा नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय सहकार्यमा सामाजिक विकास मंच (एस डि एफ) बाँकेले नगरका बाल क्लब, युवा क्लब, धर्मगुरु, स्वस्थाकर्मी र अन्य सरोकारवालाहसंग गरेको कार्यशालाका सिकाई तथा क्रियाकलापलाई बिभिन्न क्रियाकलापमार्फत समुदायस्तरमा कार्यान्वयन गर्न युवा क्लब संजालसंग सहकार्य गरेको छ ।
संस्थाले संजालसंग सहकार्य गर्दै गतिबिधि संचालन गर्नका लागि “सीड मनी“ का रुपमा एक रुपैया समेत उपलब्ध गराउने भएको छ । मंचले गतिबिधि संचालनका लागि सोमबार नै युवा क्लब संजालबीच दुइ पक्षीय सम्झौता समेत गरेको परियोजना संयोजक शिवानी भट्टराईले जानकारी दिनुभयो ।
सिड मनी समुदाय तथा बस्तीस्तरमा खोप कम लागेका र लगाउनलाई जानकारी पाउन नसकेका बस्तीहरुलाइ लक्षित गरि घरदैलो, अभिमुखीकरण र सडक नाटक जस्ता क्रियाकलाप संचालन गरिनेछ ।
यस्ता नविन क्रियाकलापलाई युवा तथा बाल क्लब संजालले प्रोत्साहन गर्र्नुपर्छ र नगरस्तरका युवा तथा बाल क्लब र विभिन्न संजालमार्फत अहिले समाजमा फैलिरहेको कोभिड–१९ खोप बिरुद्धको भ्रम, मिथ्या र अफ्वाहलाई हटाई मानिसहरुलाई खोप लगाउने कार्यमा सहयोग पुग्ने परियोजनाको बुझाई छ ।





