
घोराही । दाङमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरूवाका ३१ वर्षीय महेन्द्र खड्का र राजपुर गाउँपालिका वडा नं.६ का ३८ वर्षीय सूर्यबहादुर चौधरी घोराहीबाट पक्राउ परेका हुन् ।
गोप्य सुचनाको आधारमा प्रहरीले आइतबार राति ९ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १६ गरुवा चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको उनीहरू सवार रा ३ प २६६ नम्बरको मोटरसाइकल जाँचका क्रममा पछाडि बसेका खड्काले समातेको झोला तलासी गर्ने क्रममा चितुवाको एक थान छाला बरामद भएको डिएसपी रिजालले बताउनुभयो ।
पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।





