बाँकेमा ६५ वर्षीया श्रीमतीद्धारा बन्चरो प्रहार, श्रीमानको ज्यान गयो

बाँके । बाँकेमा एक श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । खजुरा गाउँपालिका वडा नं–६ गिजरा बस्ने ६५ वर्षीया मिछिया थारुले बन्चरो प्रहार गर्दा उनका श्रीमान ७५ वर्षीय लक्षीराम थारुको ज्यान गएको हो ।

घट्ना आइतबार दिउँसो सवा तीन बजे भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घरायसी विवादमा प्रहार भएको बन्चरोे लक्षीरामको टाउँको, खुट्टा र हातमा लागेको पाँच मिनेटमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घट्नालगत्तै ईलाका प्रहरी कार्यालय धनौलीबाट गएको प्रहरी टोलीले बन्चरोसहित मिछियालाई नियन्त्रणमा दिएको बाँकेका प्रहरी प्रवक्ता सुवास खड्काले जानकारी दिनुभयो ।

Previous articleभेरी अस्पतालमा देशमै बढि पिसिआर परीक्षण
Next articleयुनेस्को क्लबद्धारा बिद्यालयलाई फर्निचर प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here