
बर्दिया । बाँके युनेस्को क्लबले बर्दियाको बढैयाताल गाउँपालिकास्थित नेपाल राष्ट्रिय इन्दीरा भुसाल मा बिलाई फर्निचर सामाग्री सहयोग गरेको छ ।
क्लबका संरक्षक प्रवेज अलि सिद्दीकी र निर्देशक रबी तुलाधरले बढैया ५ स्थित बिद्यालयका व्यवस्थापन समिति अध्यक्ष ठाकुरसिंह थारु र प्रधानाध्यापक गंगा चौधरीलाई आइतबार फर्निचर हस्तान्तरण गर्नुभएको छ ।
थ्रि सिटर एक थान कुर्सि र एक थान टि–टेबुल क्लबले सहयोग प्रदान गरेको हो । क्लबले यसअघि बालबालिकाहरुलाई बस्नका लागि कुसन, कार्पेट लगायतका सामाग्री सहयोग गरिसकेको छ ।





