
बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघले आफ्नो मुखपत्रका रुपमा त्रैमासिक पत्रिका अर्थ समृद्धि र क्यालेण्डर प्रकाशन गरेको छ ।
आईतवार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षता र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य एवम् नेपालगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् संरक्षक दामोदर आचार्यको प्रमुख आतिथ्यतामा पत्रिका र क्यालेण्डर बिमोचन गरिएको हो ।
अध्यक्ष मन्सुरीले सम्पूर्ण कार्यसमितिको सहयोगमा कार्यकाल सफल हुने बिश्वास व्यक्त गर्नुभयो । यसलाई अझै शान्दर्भिक र व्यवस्थित रुपमा लैजाने प्रतिवद्धता जाहेर गर्दै संघको साखलाई उच्च बनाउने प्रयासमा दिन, रात लागि रहेको र लाग्ने बताउनुभयो ।





