नेपालगञ्जलाई बाल विवाह मुक्त बनाउन कडाई गर्नुपर्नेमा जोड

नेपालगञ्ज । नेपालगञ्जलाई बाल विवाह मुक्त स्थानीय तह बनाउन सख्तीका साथ प्रस्तुत हुनुपर्ने एक कार्यक्रममा जोड दिइएको छ ।

जिल्लालाई नै बाल विवाहमुक्त बनाउने अभियान चलिरहेका बेला नेपालगञ्जमा पनि यलाई तिब बनाउन शख्तीका साथ प्रस्तुत हुनुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका हुन ।

बाल विवाह मुक्त परियोजना समापन र स्थानीय तहलाई जिम्मेवारी हस्तान्तरण गर्न आयोजना गरिएको कार्यक्रममा सहभागि स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीहरुले बाल विवाह बिरुद्ध कडाईका साथ लाग्नुपर्ने बताएका छन् ।

शुुक्रबार नेपालगञ्जमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीलेले भौतिक बिकासमा मात्रै हालसम्म सबैको ध्यान भएको तर मानवीय बिकास र नीतिगत बिकासमा नेपालगञ्ज पछाडी परेको देखिएको बताउनुभयो ।

उहाँले सडक, बाटोघाटो, भवन मात्रै बनाएर समाजको बिकास नहुने भन्दै मानवीय बिकास अन्तर्गतका कार्यलाई पनि उचित बजेट व्यवस्थापनका साथ जानुपर्नेमा जोड दिनुभयो ।

बिकास बिकास मात्र भन्छौं, अनि सडक, भवन पुलपुलेसा मात्र निमाृण गरिन्छ, प्रशासकीय अधिकृत सुबेदीले भन्नुभयो, मानवीय बिकासतर्फ न बजेट छुट्याईन्छ न त चासोका साथ कार्यक्रम अगाडी नै बढाईन्छ ।

उहाँले जनप्रतिनिधिले यसतर्फ पनि बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । साथै प्रशासकीय अधिकृत सुबेदीले परियोजना सकिएपनि बाल विवाह अभियानलाई आफुहरुले प्राथमिकताका साथ संचालन गर्न हरसम्भव प्रयास गरिने बताउनुभयो ।

यस्तै हस्तान्तरण कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका सामाजिक बिकास महाशाखाकी उपसचिव शोभा शाहले परियोजनाले नेपालगञ्जमा थप काम गर्न अनुरोध गर्नुभयो ।

उहाँले परियोजनामार्फत नेपालगञ्जमा बाल विवाह बिरुद्धको सचेतना फैलाउने कार्य उत्कृष्ठ भइरहेको र अझै यसलाई निरन्तरता दिन दातृ निकायसंग अनुरोध गर्न आग््रह पनि गर्नुभयो ।

कार्यक्रममा नेपालगञ्जका बिभिन्न वडाका प्रतिनिधि, वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख डिल्ली बहादुर खड्का, पत्रकार लगायतले परियोजनाले गरेका कामहरुलाई दिगो बनाई राख्न सल्लाह सुझाव समेत दिनुभएको थियो ।

हस्तान्तरण कार्यक्रममा स्याक नेपालका कार्यसमिति सदस्य कृष्ण गिरीले नेपालगञ्ज उपमहानरगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबेदी, उपसचिव शाहलाई परियोजनाको उपलब्धी र समापन भएको प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो ।

प्लान इन्टरनेशन नेपालको आर्थिक सहयोगमा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) ले नेपालगञ्जसहित जिल्लाका सबै स्थानीय तहमा बाल विवाह मुक्त अभियान परियोजना संचालनमा रहेको थियो । करिब साढे तीन वर्षदेखि संचालित परियोजनाले बाल विवाह मुक्त समाज बनाउनका लागि संचालन गर्नुपर्ने हरेक प्रकारको गतिबिधि संचालन गरेको थियो ।

लामो समयको फलस्वरुप बाँकेको जानकी र बैजनाथ गाउँपालिका गरी दुई स्थानीय तह नै बाल विवाह मुक्त घोषणा भएका छन् । यस्तै खजुरा, राप्तीसोनारी, नरैनापुर, डुडुवा गाउँपालिका, कोहलपुर नगरपालिकाका केही वडाहरु बाल विवाह मुक्त घोषणा भएका छन् भने नेपालगञ्जका चार वटा वडाहरु मात्र बाल विवाह मुक्त भएको स्याक नेपालका परियोजना संयोजक जगदिश थापाले जानकारी दिनुभयो ।

Previous articleकांग्रेस बाँके सभापति पदमा उठ्ने पूर्व सभासद बादशाह कुर्मीको घोषणा
Next articleकांग्रेस बाँके क्षेत्र नं २ को सभापतिमा रमेश गुप्ता निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here