प्रहरी र सुनचाँदी व्यवसायीबीच छलफल

बाँके । नजिकिँदै गएको चाडपर्वमा हुनसक्ने अवान्छित गतिबिधि नियन्त्रणका बारेमा प्रहरीले सुनचाँदी व्यवसायीसंग आइतबार छलफल गरेको छ ।

नेपाली समाजमा मनाइने चाडपर्वहरु नजिकिएसंगै प्रहरीले सो बेला हुनसक्ने गतिबिधि नियन्त्रणका लागि आवश्यक सल्लाह, सुझाव लिन शुरु गरेको छ ।

चार्डपर्वका बेला जिल्लामा हुन सक्ने अपराधिक गतिबिधि रोकथामका लागि गर्न सकिने उपायका बारेमा जिल्ला प्रहरी कार्यालय बाँकेले आइतबार यहाँका सुनचाँदी व्यवसायी संघमा आवद्ध व्यवसायीबीच छलफल गरेको हो ।

कोरोनाका महामारीको प्रकोपकै क्रममा आउन लागेको चार्डपर्वलाई कसरी मनाउने ? कोरोनाका साथै गलत क्रियाकलापलाई नियन्त्रणका लागि गर्नुपर्ने कुराहरुका बारेमा प्रहरी र व्यवसायीबीच छलफल भएको बाँकेका प्रहरी प्रमुख ओम बहादुर रानाले जानकारी दिनुभयो ।

Previous articleसंघको पत्रिका अर्थ समृद्धि र क्यालेन्डर बिमोचित, साख उच्च बनाउन लागि पर्ने : अध्यक्ष मन्सुरी
Next articleफेरि गरौँ एक पटक कोरोनाको चर्चा !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here