फेरि गरौँ एक पटक कोरोनाको चर्चा !

@बिष्णु प्रसाद पाेखरेल

फेरि गरौँ एकपटक कोरोनाको चर्चा,
यसलाई पछार्न राखौं उच्च आत्मबल !

कोरोनाले सन्सारलाई दुख दिएको छ । नेपालमा पनि यसका कारण हवाई क्षेत्र, पर्यटन, स्वास्थ्य, शिक्षा, उद्योग, व्यापार, होटल आदि धेरै नाजुक बन्दै छन ।

केही हप्ता अघिसम्म भारत र बिदेशबाट हुलका हुल यात्रुसंग आएको कोरोनाको कारण हाम्रो मुलुकमा त्रासमय वातावरण थियोे । अहिले बाहिरबाट आउन त कम भएको छ तर स्वास्थ्य सेवामा जुटेका स्वास्थ्यकर्मी, यातायातकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकार हुँदै समुदाय सम्ममा सरेको सम्भावना छ भने सतर्कता कम हुदा सडकका खाजा, घुमेर बेचिने चना-चटपटे, नपकाएरै खाने खाजा, मिठाइँ, पान, ठेला गाडाको खाना आदिबाट समुदायमा कोरोना फैलदै गएको बलियो आशंका छ ।

अलिकति आशा भने पलाएको छ । लकडाउनको चार महिनामा कोरोनाको कारण ४४ जनाको दुखद मृत्युु हुन गएता पनि दशौं हजारले हिम्मत र हौसलाकासाथ कोरोनालाई परास्त पनि गर्नु भएको छ ! संक्रमित बढने भन्दा घटने अनुपात पनि सकारात्मक छ । हाल मुलुकमा उपचाररत संक्रमित छ हजार जति छन ।

अहिले यो हप्तामा दक्षिणी सिमा क्षेत्रका सहरहरूमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र असंगठित क्षेत्रका कामदारहरूमा संक्रमण बढेको पाईएको छ । बिरगंज बिराटनगर राजबिराज आदि सहरमा त्रास बढेको छ भने बिना रोकट‍ोक लुकीलुकी खुला सिमाबाट गरिने ब्यापार र घुसपैठबाट डरलाग्दो अवस्था बढेको छ ।

अब चर्चा गरौँ यसलाई कसरी पर सार्ने भनेर । जसरी तसरी नेपालमा ८ महिनासम्म समुदायमा कोरोना आएन, टरेकै हो । जतिसम्म भाग्न सकिन्छ भागौ सही र सहज उपाय पनि यही हो । आफू बाहेक सबै संग सतर्क रहौं, सरसफाइमा सजग रहौं, मास्क लगाएर मात्रै हिडौ, साबुनपानीले हात नधोई नाक मुख नसमाऔंं अनि नपकाएको खाना खादै नखाऔ । हिम्मत र हौशला बढाऔंं । जुनसुकै पेसा व्यवसाय गरेका भएपनि कोरोना जित्ने सफलताको रहस्य चाहिँ हिम्मत, हौसला हो र यसलाई रोग प्रतिरोधात्मक शक्ति नै हो भन्ने ठानिएको छ ।

कोरोनाको खोप अनुसन्धान र परिक्षण भैसकेको छ, उत्पादन र सहजरूपमा उपलब्ध नहुन्जेल सन्सारका हरेक मानिस यसको चपेटामा पर्न सक्ने सम्भावना अत्यधिक छ । संक्रमित हामीसंगै या नजिकै पनि हुन सक्छन । अति कल्याणकारी सोच भएका, लगनशील पनि हुन सक्छन् । यस्तै हृष्टपुष्ट र सुन्दर पनि हुन सक्छन, फरक आकृति र भेषभुसाका पनि हुन सक्छन् ।

तसर्थ कोरोना लाग्दैमा बहिस्कार हैन सचेत हुँदै असल सल्लाह दिऔं, यथार्थ परामर्श गरौँ, हौसला र हिम्मत बढाऔं, थप रोगले नचापोस भनेर सक्दो आराम र उचित खानपिनको प्रवन्ध गर्न सल्लाह दिऔं, सक्दो सहयोग गरौँ ।

हामी सबैको पेसा चल्नु छ, सबैलाई निको पार्नु छ र यसको लागि सफलताको मुल कडी हिम्मत र हौसला नै भएकोले हौसला बढाउन हातेमालो गरौँ ।

संक्रमित वा सामान्य नागरिक जो पनि बिरामी पर्न सकिन्छ, सबैको उपचार जरुरी छ, सचेत हुँदै उपचारका लागि खट्ने स्वास्थ्यकर्मीहरुको पनि हौसला बढाऔं।

संक्रमित हुनुभएका सबैलाई हौसला राख्न सुझाउदै शिघ्र स्वास्थलाभको कामना !

थप चर्चा अर्को दिन !

Previous articleप्रहरी र सुनचाँदी व्यवसायीबीच छलफल
Next articleकैदीबन्दीको पिसिआर परीक्षण गराउन उच्च अदालतको अन्तरिम आदेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here