व्यूटिपार्लर र मेकप स्टुडियो (कुराकानी)

नेपालगञ्ज । श्रीङ्गार शब्द आफैमा मीठो र काफी छ । श्रीङ्गार सबैलाई अनिवार्य छ, आवस्यक छ सुनिन्छ । भनिन्छ नि तपाईले आफूलाई माया र केयर गर्नुभयो भने तपाईं आफैलाई फाइदा हो । श्रीङ्गार गर्ने तर कस्तो कार्यक्रम या ठाउँमा कस्तो श्रीङ्गार सुहाउँछ । सोहि अनुसारको मेकप गर्नुपर्छ हामीले ।

चाडपर्ब, पार्टी, मेकप, नाइट पार्टी मेकप, सभा या समारोहमा गर्ने मेकप फरक फरक हुन्छ । सहि मेकपले तपाईको सुन्दरतामा थप सुन्दरता थप्ने काम गर्छ । तर मेकप भन्दैन राम्रो देखिने बाहानामा जानी नजानी गरेको मेपकले तपाईलाई अरु मान्छेको अगाडी हासोको पात्र पनि बनाउँछ ।

त्यसैले मेकप शब्द जति सानो छ, तर त्यति नै भास्ट छ । आज भोलि मेकप सबैले गर्न मन पराउछ्न । सुन्दा बिउटी पार्लर र मेकप स्टुडियो एउटै एउटै सुनिन्छ, त्यसैले मानिसहरुले एउटै हो भन्ने पनि सम्झिन्छ्न । देशको राजधानीमा डेढ दशक अगाडि मेकप स्टुडियो सन्चालनमा आएपनि राजधनी बाहेकका शहरमा केहि वर्षयता मेकप स्टुडियो सन्चालनमा आएका हुन ।

नेपालगन्जमा वषौं वर्ष पहिलाबाट नै ब्युटी पार्लर सन्चालनमा छ । तर अहिले केहि वर्षयता यहाँ पनि स्पेसल मेकपको लागि मात्र मेकप स्टुडियो सन्चालनमा आएका छ्न ।

नेपालगन्ज लगायत अन्य ठाउँमा पार्लरबाटै धेरै किशोरी तथा महिलाहरुले आफुलाई स्थापित गरिसकेका छ्न । अब भने धेरै युवतीको चाहना मेकप आर्टिस बन्ने सपना छ । नेपालगन्जमा पहिलो पटक एस्थेट मेकप स्टुडियो एण्ड एकेडमी सन्चालन अनिशा शर्माले गर्नुभएको हो । अनिशा शर्मासंग करुणा शाह (माहारानी) ले गरेको कुराकानी…………….

१.आरामै हुनुहुन्छ ?
हास्दै आरामै छु ।

२. मेकप स्टुडियो कस्तो चलिराछ ?
राम्रो छ अहिले । २०१६ बाट काठमाडौमा शुरुवात गरेको हो । ४ वर्ष पहिला मैले सेतु बिक चोकमा स्टुडियो सन्चालनमा ल्याएको हो । अहिले जिल्ला प्रशासन नजिक छ । पहिला धेरैले बिउटी पार्लर र मेकप स्टुडियो एउटै हो भन्ने हो थियो, अब धेरैलाई थाहा भैसक्यो मेकप स्टुडियो के हो ? र काम के हुन्छ ? अब स्पेसल मेकपको चाहना धेरै जनाको छ । सबै जना मेकप कन्सेन्स हुदैछ्न ।

३. मेकप स्टुडियो र बिउटी पार्लरमा खास के फरक छ ?
धेरै फरक छ, काम गर्ने तरिका, प्रोडक्ट, सबै फरक छ । प्रोफेसनलले मात्रै काम गर्छ्न मेकप स्टुडियोमा । ब्युटी पार्लरमा सबै काम हुन्छ । जस्तो हेयर कट । फेशियल बाकस, मेनिकेयर, पेडिकेयर, हेयर कलर, ब्राइडल मेकपमा कस्मेटिक सामान पनि बिक्रीको लागि राखिन्छ तर स्टुडियोमा बिशेष फोकस मेकप मात्रै हो । फोटो सुट, पार्टी मेकप, ब्राइडल मेकप, ब्रुम मेकप, मुभि मेकप, म्यागेजिनको कभर फोटोसुट यस्तै यस्तै हो ।

४. एस्थेट मेकप स्टुडियो एण्ड एकेडेमीले के सुबिधा दिइरहेको छ ? कस्तो छ रेस्पोन्स ?
सोच्दै नसोचेको पेसामा लागियो, तर पनि निकै सन्तुष्टि छु । छोटो समयमा निकै राम्रो रेस्पोन्स पाएको छु । फेशबुक, इन्स्टा, टिकटकबाट कति कस्टमर आउनु हुन्छ । दाङ, सुर्खेत, धनगढी, गुलरिया, बुटवलसम्म गएर मेकप गरेको छु । जतिलाई गरे सबैले मन पराउनु भएको छ, अर्को पटक उहाँको आफन्त, साथीभाइ अवश्य आउनु हुन्छ । पहिला मैले मेकपको मात्रै सुविधा दिइरहेको थिए, तर अहिले माहोल बुझदै जाँदा मेकप संगसंगै अब मैले हेयर क्यारेटिन, जस्को आइभ्रो निकै पातलो छ, भने उहाँहरुलाई माइक्रोबेल्डिङ्ग, यो दुई वर्षको अवधिसम्म टिक्छ । यो १२ हजारदेखि १५ हजारसम्ममा गरिराछौं । हाम्रो एकेडमी हो, त्यसैले बेशिक र एड्भान्स मेकप कोर्श, हेयर क्यारेटिन, नेल एक्स्टन्सन, बनाउटी नेल जोडने सबै काम हुन्छ ।५. सबैलाई राम्रो बनाउने पेशा हो । यो कति को गारो छ ?
गारो त सबै क्षेत्रमा छ । आफ्नो काममा रमाउनु पर्छ, तर यो अलि गाह्रै हो । पुरै समय उभिएर गर्ने काम हो । मेकप अलि बिग्रियो भने तुरुन्तै नेगेटिभ रेसोन्स आउँछ । एउटाको मेकप बिग्रियो भने अर्कोले ५० जनालाई भन्छ । त्यसैले राम्रो प्रोडक्ट, अनि कस्तो मेकप हो, सोही अनुसार समय दिएर मेकप गर्नु पर्छ । प्रोगाम कस्तो हो ? फेश कस्तो छ ? स्किन कस्तो ? सबै मेकपबाटै मिलाउने हो । धेरै उठेको गालालाई कम गराउने, कसैको बिग्रिएको थेप्चो नाक हुन्छ, मेकपबाट अग्लो नाक देखाउने, गाह्रो छ । तर मेकपअघि र मेकप गरिसकेपछि सोही व्यक्तिलाई देख्दा कति फरक, वाउ लाग्छ, खुशी लाग्छ ।

६. आजभोलि कतिपय बिउटिसियनहरु पनि मेकप आर्टिस बन्दैछ्न । यस्ले केहि फरक पर्छ ? मेकप स्टुडियो मेकप आर्टिसलाइ ?
हो, धेरैजाना बिउटिसियनहरु अहिले मेकप आर्टिसको कोर्स गरिसक्नु भएको छ । पहिला त पार्लरमै सबै मेकपको काम दुल्ही श्रीङ्गार या अन्य सबै पार्लरमा नै हुन्थ्यो, अब यो डिप्लोमा हो, भन्दा हुन्छ । अनि फोकस नै मेपकमा । फरक केही पर्दैन, लगभग एउटै हो, तर अहिले मेकप स्टुडियोमा अलि बढि मानिसले श्रीङ्गार गर्न रुचाउने र फलो गर्छ्न । मैले पनि शुरुमा काठमाडौ, सिङ्गापुर अनि फुल कोर्स थाइल्याण्डमा गरेको हो । तर राम्रो संग पुरै कोर्स गरेपछि मात्र यो पेशामा आउन भन्छु म ।

७. सारै महङ्गो हुन्छ रे स्टुडियोको मेकप भन्नेहरु धेरै छ्न, कतिको महङ्गो हुन्छ तपाई काहाँ ?
कस्तो मेकप हो, त्यही अनुसार छ । आजभोलि सबैले क्वालिटी प्रोडक्ट र प्रोफेसनल आर्टिस खोज्छ्न । पार्टी मेकप, ह्याभि मेकप, नेचुरल मेकप, न्युड मेकप, रातीको पार्टीमा सेक्सी अनि लठ्ठ आँखा देखाउने आँखाको मेकप, स्मोकी आइ, ब्राइडल मेकप, हामीले सुपथ मुल्यमा सेवा दिइरहेका छौं । नर्मल दुलही मेकप १२ देखि १५ हजार, हावाको माध्यमबाट गरिने जस्मा हात ट्च नै हुदैन, त्यो मेकपको २० देखि २५ हजार छ । काम राम्रो हुनु पर्यो, सबैले मज्जाले दिनु भएको छ ।८. श्रीमान डा.प्रतिक श्रेष्ठ, घरपरिवार लगायत साथीभाई, आफन्तलाई मेकप गर्नु भएको छ ?
हाँस्दै…….घर परिवार, साथीभाई र आफन्तलाई त जहिले पनि हरेक कार्यक्रम मा गरिरहन्छु । आजभोलि सबैले मेरो मेकप नै मन पराउनु हुन्छ । म आफु सिम्पल मेकप गर्छु । श्रीमान डा.साब बिजि बिजि, मेकप गरेर अझै राम्रो बनाउने समय पाएको छैन, अब स्पेसल दिन श्रीमानलाई सुपर स्पेसल बनाउने छु, यो पक्का हो ।

९. मेकप स्टुडियोमै करियर बनाउन चाहनेलाई के छ तपाईको सल्लाह ?
अहिले एकदमै राम्रो पेशा भएको छ । सबैजना राम्रो अनि स्मार्ट देखिन चाहनुहुन्छ । केहि न केही प्रोगाम भैरहन्छ । तर पहिला राम्रो संग राम्रो ठाउँमा सिकेर आउनुस । प्रोफेसनल हुन जरुरी छ । प्रोडक्ट राम्रो हुनुपर्छ । अहिले त काठमाण्डौ, पोखरा, चितवनमा त केटीभन्दा केटाले मेकप स्टुडियो राम्रो चलाइरहेका छ्न । मुभी या कुनै पनि व्यूटी पेजेन्टमा प्राय केटाहरु नै छ्न, मेकप आर्टिसका रुपमा । अरुलाई मेकप गरेर राम्रो देखाउने यो पेशामा आफुपनि राम्रो स्मार्ट देखिनु पर्छ । स्किन केयरको लागि बढि पानी पिउने, जङ्कफुड नखाने, महिनामा एक पटक फेशियल अनिवार्य गर्नुपर्छ ।

Previous articleदैनिक दुई लाखलाई कोरोना खोप लगाउने सरकारको तयारी
Next articleमहासंघ बाँकेका अध्यक्ष भण्डारीद्वारा बिद्यालयलाई खेलकुद सामाग्री प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here