महासंघ बाँकेका अध्यक्ष भण्डारीद्वारा बिद्यालयलाई खेलकुद सामाग्री प्रदान

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले राप्ती सोनारी गाउँपालिका वडा नम्बर–४ स्थित जनशक्ति माध्यामिक बिद्यालयलाई सोमबार खेलकुद सामाग्री हस्तान्तरण गर्नुभएकाे छ ।

सेतोखरी अनलाईन तथा सद्भाव दैनिकका सम्पादक समेत रहनुभएका अध्यक्ष भण्डारीले बिद्यालयमा आयोजित एक कार्यक्रमका बीच करिव ७० हजार रुपैयाँ बराबरको खेलकुद सामाग्री हस्तान्तरण गर्नुभएकाे हाे ।

खेलकुद सामाग्रीहरुमा ‘मिकासा’ कम्पनीको भलिबल ४ थान, फुटबल २ थान, भलिबस नेट २ थान, फुटबल नेट २ थान, ज्याब्लिङ्ग थ्रो २ थान, सटफुट २ थान, रनिङ शिल्ड डे«स २५ सेट, लुडो १० थान, र डोरी २० थान रहेका छन् ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका महासंघ अध्यक्ष भण्डारीले आफ्नो ब्यक्तिगत खर्चबाट बिद्यालयलाई सामाग्री उपलब्ध गराएको बताउनुभयाे ।‘खेलकुद सामाग्रीको अभाव भएको भनि बिद्यालयले आग्रह गरेपछि मैले आफ्नो ब्यक्तिगत तर्फबाट यि सामाग्री सहयोग गरेको हुँ,’ उहाँले भन्नुभयाे ।

आफ्नो ठाउँको शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको सुधार गर्नका लागि आगामी दिनमा पनि सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयाे ।

महासंघ अध्यक्ष भण्डारी राप्तीसोनारी गाउँपालिका वडा नम्बर–३ का स्थायी बासिन्दा हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुमाशंकर ओलीले खेलकुद सामाग्री नहुँदा आफ्नो बिद्यालय यसअघि रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनबाट बञ्चित भएको बताउनुभयाे ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक प्रमोद यादव, पत्रकार महासंघ बाँकेका सहसचिव हेमन्त चौधरी, खेलकुदकर्मी ऋषी पोखरेल, समाजसेवी डिल्ली ओली लगायतको पनि उपस्थिती रहेको थियो ।

Previous articleव्यूटिपार्लर र मेकप स्टुडियो (कुराकानी)
Next articleपुर्नस्थापना गृहको दिगो व्यवस्थापनका विषयमा छलफल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here