कलेज संञ्चालकले प्रशिक्षण गराएको १५ प्रतिशत छुट दिने

नेपालगञ्ज । कोभिड १९ को महामारी हुँदा देशव्यापी लकडाउन गरिएको थियो जसको कारण सम्पूर्ण कलेज भौतिक रुपमा सञ्चालन हुन सकेका थिएनन् ।

त्यस अवधिमा सम्पूर्ण कलेज हरुले वैकल्पिक माध्यमबाट प्रशिक्षण गराएका थिए। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिइटीले २०७८ भाद्र ९ गते गोरखा पत्रमा वैकल्पिक माध्यमबाट प्रशिक्षण गराएको अवधि भरको १५ प्रतिशत छुट दिने सुचना प्रकाशित गरेको थियो ।

तर ३ ४ महिना बितिसक्दासम्म विद्यार्थीले पटक पटक यो कुरा निकालिरहदा पनि कुनै सुनुवाई गरेनन । त्यसपछि नेपालगञ्जका सिटिभिइटी अन्तर्गतका सम्पूर्ण टेक्निकलका विद्यार्थी हरुले मंसिर १४ गतेबाट सबै कलेज हरुमा विरोध गर्दै आन्दोलनमा उत्रिएका थिए ।

१५ गते विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पनि बुझाएका थिए । यस्तै आइतबारका दिन बाँके जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी सहित सबै कलेजका सञ्चालक, प्रधानाध्यापक र सबै कलेजका केहि बिद्यार्थी प्रतिनिधिको उपस्थितिमा १५ प्रतिशत छुटको बिषयमा बार्ता भएको थियो ।

उक्त बार्तामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिइटीले २०७८ भाद्र ९ गते गोरखा पत्रमा प्रकाशित वैकल्पिक माध्यमबाट प्रशिक्षण गराएको अवधि भरको १५ प्रतिशत छुट दिने भनिएको बिद्यार्थीले पाउने भएको नेपालगञ्ज टेक्निकल कलेजका एच ए तेस्रो वर्षका विद्यार्थी नर प्रसाद जैसी ले जानकारी दिनुभयो ।

Previous articleपुर्नस्थापना गृहको दिगो व्यवस्थापनका विषयमा छलफल
Next articleपुष ८ देखि कम्मरशाहमा मेला लगाउने तयारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here