
नेपालगञ्ज । बास नेपालले संस्थामा कार्यरत कर्मचारीहरुमध्ये कार्य सम्पादनको आधारमा ४ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी २०७८ द्धारा सम्मानित गरेको छ । बासका कार्यकारी निर्देशक नमस्कार शाहले उत्कृष्ट कर्मचारीको घोषणा गर्नुभयो ।
उत्कृष्ट कर्मचारीहरुमा बासका निर्देशक हेमराज भट्ट, कार्यक्रम संयोजक शोभा थापा मगर, हेल्पडेस्क सहजकर्ता शिब कुमार यादव र शोभा सुवेदीलाई उत्कृष्ट कर्मचारी २०७८ घोषणा हुनुभएको हो ।
उत्कृष्ट कर्मचारीलाई कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणा र बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले नगद सहित सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो ।
यसैगरी बार्षिकोत्सवको अवसरमा हरेक बर्ष प्रदान गरिने उत्कृष्ट शाखा अन्तर्गत यसबर्ष बास रुपन्देही शाखा प्रथम हुन सफल भएको छ । यसैगरी बाँके शाखा द्धितिय र झापा शाखाले तृतीय स्थान हासिल गरेको छ । यसरी उत्कृष्ट हासिल गर्ने शाखाहरुलाई क्रमशः नगद रु. ५ हजार, ३ हजार, २ हजार सहित सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।





