
गनापुर । तेश्रो चरणको बृहत नि : शुल्क आँखा शिविर कार्यक्रम अन्तर्गत शुक्रबार जानकी गाउँपालिका वडा नं.६ गनापुर स्वास्थ्य चौकीमा सम्पन्न भएको छ ।
शिविरमा १८६ जनाको निःशूल्क आँखा परीक्षण गरी निःशुल्क औषधि उपलब्ध गराइएको छ भने ५९ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गर्न फत्तेबाल आँखा अस्पताल रिफर गरिएको छ ।
निःशुल्क आँखा शिविर फत्तेबाल आँखा अस्पताल र तेजकोहली रुइत फाउण्डेशनको संयुक्त सहकार्यमा मिति २०७८ मंसिर १९ गते देखि २४ गते सम्म जानकी गाउँपालिकाको सम्पूर्ण वडाका स्वास्थ्य चौकीहरुमा सञ्चालन गरिएको हो ।
उक्त ६ वटा शिविरहरुमा ११६२ जनाको निःशूल्क आँखा परीक्षण गरी निःशुल्क औषधि उपलब्ध गराइएको थियो भने ३४२ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गर्न फत्तेबाल आँखा अस्पताल रिफर गरिएको छ ।





