योग समितिको अध्यक्षमा पुन : भट्टराई, कोरोना बिरुद्धका योद्धा सम्मानित

नेपालगञ्ज । योग समिति नेपालको अध्यक्षमा पुन : योग गुरु गिरीराज भट्टराई चयन हुनुभएको छ । शनिबार नेपालगञ्जमा आयोजना गरिएको योग समिति नेपालको साधारणसभा तथा दोस्रो अधिवेशनबाट पुन भट्टराईको अध्यक्षमा सर्वसहमतिबाट १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

नव निर्वाचित कार्यसमिति उपाध्यक्षद्धयमा लोकमाया सुबेदी (सुमित्रा) र जगदिश तिमल्सेना, सचिवमा निर्माला शाह, सहसचिवमा शालिकराम खनाल, कोषाध्यक्षमा अम्बिका कोईराला, सहकोषाध्यक्षमा मन्दरा शर्मा चयन हुनुभएको हो ।

निर्वाचिन समिति संयोजक बिश्वजित तिवारीका अनुसार कार्यसमिति सदस्यहरुमा जया चन्द, शर्मिला शाह, सरिता सिंह, ज्योति प्रसाद पौडेल, झविलाल शर्मा र टंकनाथ पौडेले चयन हुनुभएको छ ।यस्तै खिमानन्द अर्याल र चिरन्जीवि ज्ञवाली मनोनित सदस्यमा चयन हुनुभएको छ । निर्वाचन समितिमा तिवारीसंगै अरुण कुमार सिंह र मेघनाथ ढकाले जिम्मेवारी निभाउनुभएको थियो ।यसैबीच अधिवेशनको उदघाटन शत्रमा बोल्दै बरिष्ठ आर्युवेद चिकित्सक बुद्धि प्रकासश रेग्मीले योग समिति बास्तविक रुपमा समस्यामा परेका र सहाराबिहिनलाई सहारा दिने काममा सक्रिय बन्नुपर्ने बताउनुभयो ।

योग आफैमा सबैका लागि अनिवार्य नै छ, जसले योग गर्ने बानी बनाउँछ उसका लागि शारीरीक सक्रियतामा फलदायी साबित हुन्छ, बरिष्ठ चिकित्सक रेग्मीले भन्नुभयो, योग समिति नेपालले अरुलाई सहयोग गर्नका लागि कोष निर्माण गर्न आवश्यक छ । कोषका लागि पहिलो सहयोग रकम समाजसेवी निल बहादु शाक्यले दश हजार दिने घोषणा गर्नुभयो ।यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष एवं महासंघ बाँकेका पुर्व अध्यक्ष शुक्रऋषि चौलागाईले समितिले गर्दै आएको कार्यको सराहना गर्नुभयो । उहाँले समितिको शुरुवाती चरणदेखि आफु जानकार रहेको र हरेक गतिबिधिलाई नजिकबा नियाल्ने अवसर प्राप्त भइरहेको र यसले समाजमा पुर्याएको योगदान उच्च रहेको बताउनुभयो ।

उद्घाटन शत्रमा समितिका सल्लाहकार समेत रहनुभएका नेपालगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, सल्लाहकार तथा जनता समाजवादी पार्टी बाँकेका उपाध्यक्ष राजन बहादुर रानामगर, डा. प्रबीण गुप्ता लगायतले बोल्नुभएको थियो ।

यसैगरी साधारणसभाको अवसरमा कोरोना बिरुद्धको योद्धाहरुलाई सम्मानित गरिएको छ । कोरोना महामारीका समयमा पनि समुदायस्तरमा जनचेतना फैलाउने योग समिति नेपालका कोरोना बिरुद्ध लागेका एक दर्जन व्यक्तिहरुलाई प्रमाण तथा दोसल्लामार्फत सम्मानित गरिएको हो ।

Previous articleछात्रबृति रकमले अध्ययनमा सहयोग
Next articleफोनिजको बाँके अध्यक्षमा भगतराम थारु चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here