
नेपालगञ्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँके शाखाको अध्यक्षमा भगतराम थारु चयन हुनुभएको छ ।
शनिबार नेपाल पत्रकार महासंघ बाँकेको सभाहलमा भएको छैठौं जिल्ला अधिवेशनबाट भगतराम थारुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
महासंघको उपाध्यक्षमा सोम गुरुङ, सचिव लक्ष्मी चौधरी, सहसचिव सुमन श्रेष्ठ, कोषाध्यक्ष दीपक राई चयन हुनुभएको छ भने सदस्यहरु अशोक थापा , सुबिता थारु , रुपा चौधरी , मस्तीराम चौधरी, सुष्मा श्रेष्ठ र अशोक थापा चयन हुनुभएको छ ।
अधिवेशनबाट १० जनालाई चयन गरिएको र ३ जनालाई पछि मनोनित गरिनेछ ।





