शिक्षक संगठन बाँकेको अध्यक्षमा रेखा धिताल चयन

नेपालगञ्ज । नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेको अध्यक्षमा रेखा धिताल चयन हुनुभएको छ ।

संगठनको नेपालगञ्जमा भएको १३ औं जिल्ला अधिवेशनले धितालको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

यस्तै कार्यसमिति उपाध्यक्षद्धयमा इन्दिरा गौतम, दिल बहादुर खत्री, सचिवमा बाबुराम अधिकारी, कोषाध्यक्ष लक्षमण आचार्य, सहसचिव तारा न्यौपाने, सहकोषाध्यक्षमा पद्मा दर्लामी लगायत चयन गरिएको छ ।

यसैगरी बामदेब सुबेदी, बद्रेआलम खाँ, दान बहादुर बि.सी, जयसिह रोकाय, सन्जीब चौधरी र कल्पना जोशीलाई केन्द्रीय प्रतीनिधिमा चयन गरिएको सचिव बाबुराम अधिकारीले जानकारी दिनुभयो ।

अधिवेशनको उद्घाटन शत्र पेशागत महासघका अध्यक्ष बाबुराम थापाको बिशेष उपास्थितिमा संचालन गरिएको थियो ।

सो शत्रमा बोल्ने वक्ताहरुले राजनीतिका कारण शिक्षा क्षेत्रमा समेत असर परिरहेकाले शिक्षालाई राजनीतिबाट बचाउन सकिए मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सकिनेमा जोड दिएका थिए ।

Previous articleपुर्व प्रम केपी वलीले लोकतन्त्रलाई समाप्त पार्न खोजे : जसपा अध्यक्ष यादव
Next articleतुलसीपुरस्थित सिरखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here