
नेपालगञ्ज । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पुर्व प्रधानमन्त्री केपी शर्मा वलीले लोकतन्त्रलाई समाप्त पार्न खाजेको दावी गर्नुभएको छ ।
धेरै त्याग र बलिदानबाट आएको लोकतन्त्रलाई प्रधानमन्त्री हुँदा प्रधानमन्त्री वलीले समाप्त पार्न खोजेको बताउनुभयो । आइतबार नेपालगञ्जमा आयोजना गरिएको जसपाको अगुवा कार्यकर्ता भेला तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै पुर्व उपप्रधानमन्त्री यादवले दुई दुई संसदलाई बिघटन गरेर लोकतन्त्रको अन्त्य गर्न खोजेको प्रष्ट्याउनुभयो ।
उहाँले देशमा धेरै व्यक्तिहरुको रगत बसिना बगेपछि लोकतन्त्रको उदय भएको र सोही लोकतन्त्रलाई पुर्व प्रधानमन्त्री वलीले समाप्त पार्न षडायन्त्र गरेको दावी गर्नुभएको हो ।
प्रशिक्षण कार्यक्रममा उहाँले मधेश आन्दोलनपश्चात नै देशमा थुप्रै कुराहरुमा परिर्वतन ल्याउन सरकार बाध्य भएको समेत उल्लेख गर्नुभयो । मधेश आन्दोलनपछि नै देशमा महिलालाई ३३ प्रतिशतको सहभागिताको अधिकार सुनिश्चित भएको धारणा राख्नुभयो ।
मधेश आन्दोलनबाहेक देशमा भएका थुप्रै आन्दोलनले केवल सत्ता परिवर्तन भएको दावी गर्नुभयो । तर मधेश आन्दोलनले मात्र पुरै शासन प्रणालीको परिवर्तन गरेको बताउनुभयो ।





