
नेपालगन्ज । नेपालगन्ज वडा न-२ घरवारीटोलमा आर एण्ड बि ईलोक्ट्रो मार्ट संचालनमा ल्याइएको छ ।
सोमबार एक समारोहबीच मार्टको उद्घाटन गरिएको छ । पश्चिम नेपालका चर्चित कार्यक्रम प्रस्तोता, आर जे एण्ड भिजे समीरमान श्रेष्ठले मार्टको उद्घाटन गर्नुभयो ।
पछिल्लो समय युवादेखि बृद्धबृद्वा सबैको ईलोक्ट्रोनिक्स सामानतर्फ आकषर्ण बढ्दो छ ।
जुनसुकै उमेरको भएपनि सबैलाई अहिले नयाँ नयाँ स्मार्टफोन, टेलिभिजन, गेमिङ्ग समानहरू चाहिन्छ, यही मागलाई ध्यान दिँदै मार्ट संचालनमा ल्याईएको संचालक अस्मिता रिजालले जानकारी दिनुभयो ।
उद्घाटनमा बोल्दै कार्यक्रम प्रस्तोता श्रेष्ठले मार्टले युवा पुस्ताको माग पुर्ति गर्ने आशा व्यक्त गर्नुभयो ।
मार्टमा यसुदा, प्यानासोनिक, बेटर, समसुङ, एप्पल र रेडमि कम्पनीका मोबाईल, वासिङ्ग मेसिन, हिटर, टेलिभिजन, प्रेस लगायतका सामान उपलब्ध छ ।





