कोभिड–१९ विरुद्ध नेपालगञ्जमा सडक नाटक प्रदर्शन

नेपालगञ्ज । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ विरुद्धको खोपबारे नेपालगञ्जमा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।

सोमबार अपरान्ह नेपालगन्ज उपमहानगरपालिका वडा नं–१, धम्बोझी चोकमा खोप लगाउनु पर्छ भन्ने सन्देशमूलक सडक नाटक प्रदर्शन गरिएको हो ।

जिल्ला युवा क्लब सञ्जाल बाँकेको आयोजनामा कार्यक्रम सम्पन्न भएको सञ्जालका सचिव राजन वर्माले बताउनुभयो । वर्माका अनुसार सञ्जालका ७ जना कलाकारहरुको सहभागितामा नाटक प्रदर्शन गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा सामाजिक विकास मञ्च (एस डि एफ) बाँके र सेफ द चिल्ड्रेनको सहयोगमा सडक नाटक प्रदशृन भएको मञ्चकी परियोजना संयोजक शिवानी भट्टराईले बताउनुभयो ।

जोखिम संचार तथा समुदाय संलग्नता परियोजनामार्फत नेपालगञ्जमा कोरोना बिरुद्धको खोपको बारेमा गाउँ घर, शहर बजारमा जनचेतना फैलाउने कार्यक्रम संचालन गरिएको छ ।

कोरोनाको जोखिम काएमै रहेकाले नेपालगन्ज उप-महानगरपालिकाका अन्य वडामा पनि सडक नाटक प्रदर्शन गरिने सिनियर फिल्ड अफिसर सहजराम यादवले जानकारी दिनुभयो ।

Previous articleआर एण्ड बि ईलोक्ट्रो मार्ट संचालन, चर्चित कार्यक्रम प्रस्तोता श्रेष्ठद्धारा उद्घाटन
Next articleकोरोना बिरुद्धको खोपबारे घरदैलो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here